कांग्रेस अपडेटः देउवाको अग्रता कायमै (परिणामसहित)

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ मंसिर २८, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाण्डौ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।

हालसम्म ३२८२ मत गणना भएको छ । जसमा देउवाले १५५६ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले ११९७ मत पाएका छन् । प्रकाशमान सिंहले २५७ र विमलेन्द्र निधिले २०१ मत पाउँदा कल्याण गुरुङले १७ मत पाएका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस